arrow

वर्षां संगै पहाडी जिल्लामा भारी हिमपात

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ पुष २४ आइतबार
snowfall.jpeg
डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा गए राति परेको वर्षासंगै उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । हिमपात संगै सुदुरपश्चिमका पहाडहरुमा अत्याधिक चिसो वढेपछि जनजिवन नराम्रो संग प्रभावित भएको छ । 
 
जिल्लाको साहुखर्कमा एक फिट वाक्लो हिमपात भएपछि शनिवार राती देखि नै यातायात समेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । लामो समयको खरेडि पछि पौषको अन्तिम सातामा आएर सुदूरपश्चिमका पहाडी जिल्ला वर्षा संगैमा हिमपात भएको हो ।  शनिवार अपरान्ह देखि शुरु भएको १० घण्टाको बर्षा पछिको हिमपातले यस क्षेत्रका वासिन्दा भित्रवाट वाहिर निस्कन समेत समस्या भए पनि सुदूरपश्चिमका अधिकांस जिल्लाहरुमा समयमा पानी नपरेका कारण हिउँदे बाली सुक्न थालेको चिन्ताबाट थोरै भएपनि राहत महशुष गरेका छन । 
 
सुदूरपश्चिमका अधिकांश पाखोजमिनमा लगाएको हिउदे वाली सुक्ने अवस्थामा पुगको बेलामा परेको हिमपात र पानीले खाद्य संकट हुने होकी भन्ने चिन्ताले पिरोलीएका किसानहरु भने खुशी भएका छन । सिँचाइ असुविधाका कारण जिल्लाका अधिकांश पाखो जमिनमा लगाएको अन्न बाली सुक्न थालेको अवस्थामा परेको हिउँदे झरीले यस वर्षको अन्न वाली र नगदे वालीलाई फाईदा पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
 
डडेल्धुरा लगायत सुदूरपश्चिमका बैतडी बझाङ , दार्चुला अछाम बाजुरा र डोटीका उच्च पहाडी क्षेत्रहरुमा भारी हिमपात भएपछि राजमार्ग बन्द हुनुका साथै यात्रुहरुलाई समस्या भएको छ । हिमपात पछि अबरुद्ध बाटो खुलाउन जिल्ला प्रहरी कार्यालय , ससस्त्र प्रहरी बल , नेपाली सेनाको टोलीहरु भिमदत्त राजमार्गको साहुखर्क देखि हगुल्टे आसपासमा परिचालन भईसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ