arrow

हिमपातले अवरुद्ध बाटो खुलाउन हिँडेको सेनाको गाडी दुर्घटना, ३६ घाइते

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
Dadeldhura-hamrakura.jpeg

डडेल्धुरा । शनिबार राति हिमपातले अवरुद्ध बाटो खुलाउन गएको सेनाको गाडी साहुखर्कमा दुर्घटना हुँदा सवार ३६ जना घाइते भएका छन् ।

घाइते मध्ये १८ जनालाई उपचारका लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा ल्याइएको र बाँकीको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

डडेल्धुराको भिदत्तराजमार्ग सडकखण्ड अन्तर्गत साहुखर्क नजिक सेनाको वानटन ट्रक दुर्घटना भएको हो । घाइतेको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।

हगुल्टे लेकमा परेको हिमपातले अवरुद्ध भएको बाटो खुलाएर फकर्ने क्रममा डडेल्धुरास्थित गरुड दल गणको लु १ क २९४ नम्बरको ट्रक चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ट्रक सडकबाट करिव २५ फिट तल खसेको प्रहरीले वताएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ