arrow

सन्धिखर्क नगरपालिकाको चौथो नगर परिषद् सम्पन्न

वजेट २४ करोड १९ लाख

logo
सुरज रमयमाझी,
प्रकाशित २०७३ पुष २४ आइतबार
sandhikharka-nagarpalika.jpeg
अर्घाखाँची ।  सन्धिखर्क नगरपालिकाको चौथो नगर  परिषद् सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका उपनेता तथा पूर्व उपप्रधान मन्त्रि टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न परिषदको उद्घाटन गर्दै माओवादी केन्द्रका नेता रायमाझीले सन्धिखर्क नगर पालिका क्षेत्र झन पछि झन विग्रदै गएको भन्दै नगरपालिकालाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए  ।
 
उनले नगरपालिकाको  २४ करोड वजेट मात्रात्मक रुपमा थोरै भएपनि यसलाई सदुपयोग गर्दै विकास निर्माणका काममा लगाउनुपर्ने बताए ।  उनले वर्तमान सरकारले अहिले सम्म ९ प्रतिशत मात्र वजेट विनियोजन गरेको भन्दै वर्तमान सरकार वजेट खर्च नगरेकै आधारमा कमजोर सावित हुने दावी गरे । राजनीतिक प्रशंगमा  रायमाझीले संविधान संशोधन बिरुद्धको आन्दोलनले ८० प्रतिशत सफलता हासिल  गरेको बताउदै सर्वोच्च अदालतते सरकार र आन्दोलन कारी दुबै पक्षलाई मान्य हुने खालको आदेश गरेकाले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर बीचको बाटोबाट सहमति खोज्नुपर्ने बताए  ।  
 
चौथो नगर परिषद्बाट यस वर्षको अनुमानित वजेट  २४ करोड १९ लाख ५७ हजार विनियोजन गरिएको छ  । जस अन्तर्गत सरकारी अनुदानको चालु वजेट ५० लाख ६० हजार, पूजिँगत निशर्त  ३ करोड ६६ लाख ६२ हजार, ठूला पुर्वाधारजन्य आयोजना सशर्त  १ करोड, नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम सशर्त तर्फ  १ करोड ७८ लाख  ६३ हजार, विनियोजन गरेको छ । त्यस्तै आन्तरिक श्रोत चालु र पूजिँगत गरि १ करोड १० लाख,  राजश्व बाँडफाँड  पूजिँगततर्फ ७५ लाख, स्थानीय शासन तथा सामुदायिक  विकास कार्यक्रम चालू तर्फ २६ लाख ७२ हजार, सडक वोर्ड नेपाल पूजिँगत अन्तर्गत १२ लाख, सामाजिक सुरक्षा चालु तर्फ  १५ करोड गरि २४ करोड १९ लाख ५७ हजार  विनियोजन  गरिने भएको सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले वजेट  वक्तव्य मार्फत  जानकारी दिए ।  
 
नगर परिषद्को अवसर पारेर स्थानीय निकायको क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार पुरस्कृत भएका छन् । घटनारबिचार साप्ताहिका पत्रकार मुक्तिनाथ भुसाल कान्तिपुर टिभीका  रुद्रमणि  भुसाल, सुपादेउराली पाक्षिकका जितेन्द्र खत्री, अर्घाखाँची टाइम्सका नविन केसी, रुरु एफएमका पत्रकार  माधव बेल्वासे पुरस्कृत भएका छन् । माओवादी नेता रायमाझीले पत्रकारहरुलाई नगद ६ हजार, प्रशंसा पत्र र दोसल्लाह ओढाएर पुरस्कृत गरे । 
 
परिषद्मा जिल्ला न्यायाधिस केशव प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, स्थानीय विकास अधिकारी प्रदिप  पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रका सहसंयोजक छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य सागर केसी, राप्रपाका जिल्ला संयोजक दिपक कुँवर,  नयाँ शक्ति पार्टीका जिल्ला संयोजक गोकर्ण थापा, परिवार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका  टुकबहादुर चेवाली, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, उद्योग वाणिज्य संघका महासचिव नेत्र भुसाल लगायतले मन्तव्य राखदै अर्घाखाँची जिल्लाको एक मात्र नगर पालीकालाई कृषि, पर्यटन र विकासको एक नमुना नगरपालीका बनाई चिनाउनेमा जोड दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ