arrow

पुनःनिर्माणका हाकिमको दोस्रो स्पष्टीकरण– ‘काम नहुनुमा सरकार नै दाेषी'

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
susil-gyawali.jpeg

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओे) सुशील ज्ञवालीले दोस्रो पटक बुझाएको स्पष्टीकरणमा समेत सरकारलाई दोषी देखाएका छन् ।

सरकारले ज्ञवालीले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि गएको विहीबार दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले आइतबार विहान ११ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर स्पष्टीकरण बुझाएको सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।
शुक्रबार ज्ञवालीलाई २४ घण्टे स्पष्टीकरण मागेकामा आइतबार कार्यालय खुल्नेवित्तिकै प्रधानमन्त्री कार्यालय पुगेका हुन् । स्पष्टीकरणमा ज्ञवालीले आफुलाई  पदबाट हटाउन सरकारसँग तथ्यपरक र बस्तुगत आधार नभएको उल्लेख गरेका छन् ।

ज्ञवालीले आफूले भूकम्प पीडितका लागि खटेर काम गरेको र सरकारले नहटाउने विश्वास जाहेर गरेका छन् । स्पष्टीकरणमा पुनःनिर्माणको कामले गति लिएको र अझै गति लिने प्रक्रिया थालनी भइसहेको उल्लेख छ ।

विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको भन्दै सरकारले किन पदबाट नहटाउने भन्ने प्रश्न गरेको थियो ।

जवाफमा ज्ञवालीले आफूलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको र सरकारसँग आधार नरहेको जिकिर गरेका छन् । भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान रकम बाँड्न ढिलाइ हुनुमा मन्त्रिपरिषदकै कमजोरी रहेको समेत उनले औंल्याएका छन् ।

भूकम्प पीडितलाई दोस्रो किस्तामा डेढ लाख र तेस्रो किस्तामा एक लाख रकम दिने कार्यविधी मन्त्रिपरिषदमा पेश गरिएको यद्यपि, कार्यविधि पास नहुँदा अनुदान वितरण हुन नसकेको उनको जवाफ छ । सरकारी निकायहरुले नै प्राधिकरणको काममा सहयोग नगर्दा पुनर्वासमा ढिलाई भएको ज्ञवालीको तर्क छ ।

प्रधानमन्त्री कार्यालयका सचिवलाई आफुले तीन विषमा थप प्रस्ट पार्नेगरी स्पष्टीकरण बुझाएको ज्ञवालीले बताएका छन् । उनले अर्थ मन्त्रालयले समयमा बजेट स्वीकृत नगरेको, सामान्य प्रशासन मन्त्रालयले समयमा कर्मचारी नदिएको र कर्मचारी सरुवा गरेको आरोप लगाएका छन् । अघिल्लो जवाफमा ज्ञवालीले आफु ५ वर्षका लागि आएको भन्दै आफुलाई हटाउने आधार के भन्दै प्रश्न गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ