arrow

सभामुखले डाकेको छलफमा शीर्ष नेता आमुन्ने–सामुन्ने

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
neta-g-news.jpeg

काठमाडौं । संसदको अवरोध खोल्ने विषयमा कार्यव्यवस्था समिति बैठकमा सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीमगरले शीर्ष तहको छलफल गरिरहेकी छन् । छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरु सहभागि छन् । सदनको अवरोध खुलाउने सहमतिको प्रयास स्वरुप सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक डाकेकी हुन् । बैठकमा राप्रपा, फोरम लोकतान्त्रिक समेत सहभागि भएको बताइएको छ ।

यसअघि बसेको कार्यव्यवस्थाको बैठकमा प्रमुख विपक्षी एमालेले सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक अघि बढ्न नदिने अडान राख्यो । विपक्षी एमालेले सरकारले अहिलेसम्म कुनै सम्वाद नगरेको आलोचना गर्दै सर्वोच्चले समेत प्रदेशको सीमांकन हेरफेर असंवैधानिक हुने भनेको ढिपी कस्यो ।  

सीमांकन हेरफेरको प्रस्तावलाई फिर्ता लिए संशोधनका तीन विषय अघि बढ्न दिने पुरानो अडान पनि कायमै छ । सत्तापक्षले प्रक्रिया अघि बढाउनु पर्ने बताएको छ । संसद बैठक भने ३ बजे सम्कका लागि स्थगित भएको छ । बैठकले २०१५ सालमा खोटाङ जिल्ला क्षेत्र नम्बर १६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पोखरेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा पुस १८ गते निधन भएको हो ।

फेरि बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ । यद्यपि, एमाले सहितका विपक्षी ९ दलले संशोधन फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ