arrow

अर्घाखाँची खनदहमा काँग्रेस पार्टी प्रवेश गर्नेको ओइरो

logo
घनश्याम पौडेल,
प्रकाशित २०७३ पुष २४ आइतबार
congress-aauneharu.jpeg

अर्घाखाँची । काँग्रेस खन र खनदहले गरेको कार्यक्रममा एमाले, माओवादी लगायत दल त्यागेर एक सय २२ जना काँग्रेस पार्टी प्रवेश गरेका छन् । खनमा ८५ र खनदहमा ३७ जना काँग्रेसमा प्रवेश गरेको गाउँ कार्य समिती सदस्यहरुले बताएका छन् ।

काँग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनालले पार्टी प्रवेश गर्नेलाई स्वागत गरे ।  सभापति खनालले काँग्रेस जनताको पार्टी, जनताको भावना समेटेर अघि बढ्ने पार्टी भएकाले सबैलाई सक्रिय भएर लाग्न आग्रह गरे । उनले जिल्लाको विकास निमार्णका काममा २४ सै घण्टा तयार रहन समेत भने । पार्टी प्रवेश गरेकाहरुले काँग्रेसलाई बलियो र ठूलो पार्टी बनाउने प्रतिवद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ