arrow

शीर्ष तीन नेताले सहमति गरेनन्, ओली–प्रचण्डको गोप्य वार्तामा पनि कुरो मिलेन

विरोधबीच संशोधन विधेयक टेबल गर्ने सरकारकाे तयारी

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
neta-g-news.jpeg

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले पुरानै अडान राखेपछि सभामुख ओनसरी घर्तीले सहमतिका लागि गरेको प्रयास फेरि पनि विफल भएको छ । कार्यव्यवस्था समिति बैठकमा सहमति जुट्न नसकेपछि सभामुखले तीन दलका शीर्ष नेतालाई राखे छलफलमा गरेकी थिइन् ।

तीन शीर्ष नेताको छलफलमा सबैले आ–आफ्नै अडान राखेपछि सहमति हुन नसकेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संसद अवरोध खोल्न आग्रह गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक अघि बढाउने अवस्थामा सदनको अवरोध नखुल्ने बताए ।

तीन शीर्ष नेताको बैठक सकिए लगत्तै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच एक्ला–एक्लै कुरा भएको शर्माले बताए । दुई नेताबीचको एक्ला–एक्लै वार्तामा दाहालले संशोधन विधेयक टेबल मात्र गर्न दिन आग्रह गरेको र ओलीले संविधान संशोधन विधेयक फिर्ता वा स्थगित गर्न भनेकाे बताइएकाे छ ।
शीर्ष तहको छलफल निष्कर्षविहिन भएपछि सरकारले विरोधकाबीच पनि संविधान संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ । सत्ताधारीले मधेसी मार्चा र संघीय गठबन्धनका नेतालाई आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने बचन दिएका थिए भने, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले २४ गतेको संसद बैठक अवरुद्ध नगर्ने भन्दै केही दिन समय दिन भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ