arrow

लगानी बोर्डको बैठक : मेट्रो रेल लगायतका विषयमा महत्वपूर्ण निर्णय

मेट्रो रेल पीपीपी माेडलमा बन्‍ने

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
Invecament-Board.jpeg

काठमाडौं । लगानी बोर्डको बैठक सम्पन्न भएको छ । आईतबार बोर्डको कार्यालय बानेश्वरमा भएको २२ औं बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णय गरेको छ । 

प्रधानमन्त्री पुष्पकमलदाहालको नेतृत्वमा बसेको बैठकले काठमाडौंमा निर्माण गर्ने तयारी भईरहेको मेट्रोरेल निर्माण सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा गर्ने निर्णय गरेको छ । त्यसको लागि सरकारको तर्फबाट आवश्यक व्यवस्थागर्नको लागि राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको नेतृत्वमा लगानी बोर्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागको समेत प्रतिनिधिराखेर एउटा समिति गठन गर्ने निर्णय भएको बोर्डका उपसचिव एवं सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । उक्त समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिईएको छ । 
 
त्यस्तै, लगानी बोर्डले तयार पारेको आयोजना बैंक तथा प्रोजेक्ट आईडिया नोटमा समावेश भएका १ सय २२ वटा परियोजनाहरुका सम्बन्धमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अन्तिम रुप दिई सार्वजनिक गर्ने निर्णय पनि गरिएको उपसचिव रिजालले जानकारी दिए । 
 
माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको लागि क्रमशः आगामी सेप्टेम्बर १८ र सेप्टेम्बर ३० सम्म म्याद थप्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ । त्यसको लागि तोकिएको मितिभित्र काम सक्ने कार्ययोजना अभिलम्व तयार पार्न पनि बैठकले निर्देशन दिएको छ । सो जग्गाको लागि आवश्यक पर्ने वन तथा सरकारी जग्गा आगामी दुई महिना भित्र प्रक्रिया पु¥याएर प्रदान गरिने निर्णय पनि गरिएको रिजालले बताए । 
 
यस बाहेक बोर्डले तामाकोशी तेस्रो जलविद्युत आयोजनाको विकासका लागि उर्जा मन्त्रालय र लगानी बोर्डको कार्यालयले संयुक्त रुपमा गृहकार्य गरी आयोजना निर्माण एवं सञ्चालन खाकालाई अन्तिम रुप दिने निर्णय पनि गरेको छ । 
 
बैंठकमा लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारी, अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, उद्योग मन्त्री नविन्द्रराज जोशी, वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारी, संघीय मामला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, राष्ट्रिय योेजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, मुख्यसचिव सोमलाल पाण्डे, गभर्नर चिरञ्जीवी नेपाल लगायतको उपस्थिती रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ