arrow

संसद अवरोध हट्यो, निर्वाचनको विधेयक पेश

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
sansad-nirwachan-aa.-jpg.jpeg

काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा निर्वाचन सम्बन्धी विधेयक पेश भएको छ। कानुनमन्त्री अजयशंकर नायकले निर्वाचन विधेयक २०७३ सदनमा पेश गरेका हुन् ।

यद्यपि, संविधान संशोधन विधेयक टेबल गर्न खोज्दा विपक्षीदलहरुले विराेध गरे । विराेधबीच विधेयक टेबल भएकाे छ ।

संसद बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच एक्ला एक्लै गोप्य वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री दाहालले विधेयक पेश गर्न दिन अनुरोध गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ