arrow

विरोधबीच संविधान संशोधन विधेयक टेबल, विरोधको सूचना बहुमतले अस्वीकृत

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
sansad-nirwachan-aa.-jpg.jpeg

काठमाडौं । सरकारले विरोधबीच संसदमा संविधान संशोधन विधेयक टेबल गरेको छ । सुरुमा निर्वाचन सम्बन्धी विधेयक पेश हुँदा विपक्षीले विरोध गरेनन् ।  संविधान संशोधन विधेयक टेबल गर्न खोज्दा विपक्षीदलहरुले विरोध गरे ।

विरोधबीच संविधान संशोधन विधेयक बैठकमा पेश भयाे । नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवाल र चित्रबहादुर केसीले दिएको विरोधको सूचना नाराबाजीबीच बहुमतले अस्वीकृत भएको छ ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीमगरले विपक्षी ९ दलको हो हल्लाबीच संसद बैठक अघि बढाइन् । कानुनमन्त्री अजय शंकर नायकले हल्लाबीच संविधान संशोधन प्रस्ताव टेबल गरे । संशाेधन विधेयक टेबल भएसँगै सभामुखले बैठक सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरेकी छन् ।

यस्तै, विपक्षीले विरोधका बाबजुद संसदमा संशोधन प्रस्ताव प्रस्तुत हुनु लज्जास्पद घटना भएको प्रतिक्रिया दिएका छन् । संसद भवनबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले संसारमै नभएको संसदीय अभ्यासविपरीत सभामुख जानुभयो–भने । उपाध्यक्ष गौतमले संशोधन विधेयक प्रस्तुत गर्न अनुमति दिनुभयो, यो लज्जास्पद घटना हो, गौलतमले आगाडि भने,‘हामी विरोध गर्न छोड्दैनौ ।’ गौतमले आफुहरुले विधेयक टेबल गर्ने विषयमा कुनै अनुमति नदिएको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ