ओबामाले कसलाई देलान् क्षमादान ?

अमेरिकी राष्ट्रपति विदा हुनुपूर्व क्षमादान गर्ने लहर र चर्चा

प्रकाशित मिति : २०७३ पौष २४ आइतबार , १७६७ पटक हेरिएको
फाइल तस्वीर
वासिङ्टन (अमेरिकी) । जमैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम दुई हप्ता बाँकी रहँदा क्षमतादानका लागि याचना गर्दै थुप्रै निवेदन परेका छन् । कार्यकालको अन्तिम समयमा केही अमेरिकी राष्ट्रपतिले बैभवपूर्ण राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा सजाँय कमी गरिदिने प्रचलन छ । 
डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफ्नो कार्यकालको अन्त्यमा सन् २००१ मा एक शरणार्थी व्यवसायी मार्क रिचलाई क्षमदान दिने निर्णय गरेपछि निकै विवादमा तानिएका थिए । मार्क रिचकी पत्नी क्लिन्टनको दल डेमोक्रेटिक पार्टीका मुख्य चन्दादाता भएको कारण क्लिन्टनलाई सो कदम लिन नैतिक दवाव परेको बताइन्छ । 
 
त्यसरी नै १६ वर्षपछि फेरि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई अस्वभाविक क्षमादान गर्न दवाव परेको बताइन्छ । क्षमायाचनाका लागि परको हजारौँ निवेदनमा पीडितले आफूहरुमाथि अन्यायपूर्वक जेल सजाय वा अन्य कानूनी वन्धन तोकिएको भन्दै सोबाट माफी पाउन आग्रह गरेका छन् । 
 
बोवी वर्गड्याल, लिओनार्द पोल्टियर, एडवार्ड स्नोडेन केही यस्ता अनुहार छन् जसको निवदेन उपर राष्ट्रपति ओबामाले क्षमादानका लागि अघि बढाउन दवाव परेको तर निर्णय लिन चुनौतिपूर्ण देखिएको छ । 
 
अमेरिकी सैनिक ‘सर्जन्ट’ बर्गड्याललाई तालिवानद्वारा पाँच वर्षसम्म नियन्त्रणमा राखी कैदीबन्दी साट्ने क्रममा रिहा गरिएको थियो । उनले राष्ट्रपतिबाट दया पाउने आशा लिएका छन् । अमेरिकी सेनाले उनलाई कर्तब्यबिमुख भएको भनी कोर्ट मार्शल गर्दै जेल पठाएको थियो । 
 
त्यसैगरी अमेरिकी अधिकारकर्मी पेल्टियरले अमेरिकी आन्तरिक गुप्तचर तथा सुरक्षा सेवा (एफविआई)मा कार्यरत दुई अधिकारीको सन् १९७५ मा भएको मृत्यु प्रकरणमा जेल जीवन विताइरहेका छन् । 
 
स्नोडेनमाथि वर्तमान् अमेरिकी प्रशासनले दयाभाव नदेखाएमा उनीहरुमाथि नयाँ प्रशासनले मृत्युदण्ड दिनसक्छ भनी डेमोक्रेट समर्थकले नै उनलाई क्षमादान दिनुपर्ने आवाज उठाएका सुन्नमा आएको छ । 
 
यसको दवाव राष्ट्रिपति ओबामामा पनि परेको छ । स्नोडेन सन् २०१३ मा अमेरिकीकाद्वारा स्थापना गरेको अन्तरराष्ट्रिय सञ्चार तथा इनटरनेट सर्वेक्षण प्रणालीका बारेमा जानकारी बाहिर ल्याउने व्यक्ति हुन् जसका कारण तेत्तीस वर्षीय उनी हाल रसियामा शरणार्थी जीवन विताउँदै आएका छन् । सुसान सरान्डन र पिटर ग्याब्रियल लगायतका कैयौँ सेलिब्रेटी स्नोडेनको पक्षमा देखिँदै आएका छन् । 
 
उनलाई एम्नेष्टी इन्टरनेशनल र अमेरिकी नागरिक स्वतन्त्रता यूनियनको समेत समर्थन छ । स्नोडेनलाई अमेरिकी राष्ट्रपतिका रुपमा दुई हप्तापछि सत्ता सम्हालेका डोनाल्ड ट्रम्पले ‘धोखेवाज’को संज्ञा दिएका छन् । 
 
यसैगरी अर्को गोपनियता भङ्ग गरेको अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङ्माथिको सजायलाई अधिकारकर्मीले अत्यधिक सजाँय बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजायँ अनुपयुक्त भएको भन्दै आएका छन् । 
 
यसैगरी अर्को गोपनियता अङ्ग गरेको अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङ्माथिको सजायलाई अत्याधिक बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजायँ अनावशयक भन्दै अधिकारकर्मीले आलोचना गर्दै आएका छन् । म्यानिङ्माथि सात लाख संवेदनशील सैन्य तथा कुटनैतिक महत्वका दस्तावेज विकीलिक्स मार्फत सार्वजनकि गरको आरोप छ । 
 
ह्वाइट हाउसले स्नोम्यान र म्यानियालाई क्षमादानदिने कुरा असम्भव रहेको बताएपनि उनीहरुका सहयोगीले ओवामा प्रशासनले दयाभाव प्रकट गर्नेछ भनी अझै आशावादी देखिएका छन् । यस वाहेक राष्ट्रपति ओबामालाई क्षमादानका लाग अन्य साना मुद्दाका विषयमा पनि क्षमादानका लागि हजारौँ निवेदन परेका छन् । ओबामाले सन् २००९ मा कार्यभार सम्हालेपछि १४८ मुद्दामा क्षमदान दिनुभएको छ । यो अहिलेसम्म उहाँको पूर्ववर्तीभन्दा केही कमी हो । 
 
ओबामा जस्तै पछिल्लो समय दुई कार्यकाल सत्तामा रहेको जर्ज डबुल बुसले १८९ र बिलक्लिन्टनले ३९६ मुद्दामा क्षमादान दिनुभएको थियो । राष्ट्रपति ओबामाले कडा सजायको ठाउँमा केही नरम सजाय हुनेगरी अन्य राष्ट्रपतिले भन्दा धेरै नै अर्थात् एक हजार १७६ निर्णय दिएका छन्  । एएफपी 
नयाँ