arrow

लोकमानविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
lokman-ji-haa.jpeg

काठमाडौं । संसदको अवरोध खुलेपछि छलफलमा रहेको महाभियोग प्रस्ताव सिफारिस समितिमा गएको छ । आइतबबार विपक्षीको विरोधबीच व्यवस्थापिका संसद बैठकले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो ।

गएको मंसिर १४ गते सरकारले संविधान संशोधन विधेयक ल्याएपछि विपक्षीको निरन्तर अवरोधले छलफलमै रहेको महाभियोग प्रस्ताव रोकिएको थियो । छलफल टुंग्याउन नपाई सभामुखले लामोसमय रोकिएको भन्दै सिफारिस समितिमा पठाएको जानकारी दिएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ