arrow

फाल्गुनन्द गोल्डकपको उपाधि झापालाई

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष २४ आइतबार
phidim-spoting-club.jpg.jpeg
पाँचथर। विर्ता यूनाइटेड क्लव झापाले,पाँचथरको फिदिममा सम्पन्न आठौ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।
 
आइतबार  भएको फाइन खेलमा झापाले  डिफेन्डिङ च्याम्प्यिन कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङ लाई २—१ को गोल अन्तरले पराजित गर्दे उपाधि आफनो पोल्टामा पार्न सफल भएको हो ।
 
खेलमा झापा लाई जिताउन खेलको दोस्रो हाफको २६ औ मिनेटमा योगश गुरुङले एक गोल गरेका थिए । जवाफमा ताप्लेजुङका राजिन धिमालले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्काएका थिए ।
 
 निर्धारित समयमा खेल वरावर १-१ गोल भएपछि थपिएको समयको पहिलो हाफको चौथो मिनेटमा झापाका बुद्ध चेम्जोङले गरेको गोल नै झापाको जितको लागि निर्णायक वन्यो ।
 
 नेपाल,भारत र भुटान गरी १० टिम सहभागि प्रतियोगिताको विजेता झापाले २ लाख ५० हजार रुपैया र उपविजेतामा चित्त वुझाएको ताप्लेजुङले १ लाख ५० हजार रुपैया नगद,मेडल र प्रमाणपत्र हात पारेको छ । फिदिम स्पोटिङ क्लवको आयोजनामा प्रतियोगिता गत पौष १५ गतेदेखि शुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ