arrow

सरकारलाई पृथ्वीजयन्ती मनाउन दबाब

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
prithvi-narayan.gif.gif
काठमाडौं । पुस २७  लाई पृथ्वीजयन्तीका रूपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब बढेको छ ।सरकारमै सहभागी राप्रपाले मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।
 
प्रमुख दलका शीर्ष नेतालेसमेत सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब परेको हो ।पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि आइतबार सभामुखको कार्यकक्षमा बसेको पा“च दलका शीर्ष नेताको बैठकमा शीर्ष नेताहरूबीच २७ पुसमा सार्वजनिक बिदा दिने विषयमा चर्चा चलेको थियो ।
 
बैठक चलिरहेका वेला राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीलगायतका नेता शीर्ष नेताहरूलाई पृथ्वीजयन्तीका अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निमन्त्रणा दिन सभामुखको कार्यकक्ष पुगेका थिए ।त्यहाँ उनीहरूले २७ पुसको चियापानका लागि सहभागी हुन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाललगायतलाई निमन्त्रणा दिए ।
 
प्रधानमन्त्रीले भने– चाँडै निर्णय लिन्छु 
राप्रपा नेता गिरीका अनुसार चियापानको निमन्त्रणा दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता खनालले प्रधानमन्त्रीतर्फ संकेत गर्दै ‘यसपटक त बिदा दिनुपर्‍यो है के हुँदै छ’ भनेर सोधे । खनालको भनाइमा सहमति जनाउँदै कांग्रेस सभापति देउवाले भने, ‘२७ पुसमा सार्वजनिक बिदा दिने विषयमा मेरो सहमति छ ।’ त्यसपछि एमाले अध्यक्ष ओलीले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे । (नयाँ पत्रिका) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ