arrow

भिल्लारियालसँग बराबरी खेल्दै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
Messi_barca.jpeg
काठमाडौं। बार्सिलोनाले ला-लिगा फुटबलमा भिल्लारियालसँग अंक बाँडेको छ। खेलमा भिल्लारियालको १-०को अग्रतालाई ९०औं मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा अन्त गराएका थिए। 
 
उक्त खेलपछि बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। दोस्रो स्थानमा सेभिया रहेको छ भने एक खेल कम खेलेको रियाल मड्डरिड पहिलो स्थानमा छ। 
 
खेलमा राम्रो नियन्त्रण राखेको बार्सिलोनाले खेल जित्न भने सकेन। ७०% बल आफ्नो पक्षमा राख्न सफल बार्सिलोनालाई मेस्सीको अन्तिम समयको गोलले अंक गुमाउनबाट जोगाएको थियो। 
 
तीस प्रतिशतमात्र बल आफ्नो निर्णयमा राख्न सफल भिल्लारियालले खेलको ५०औं मिनेटमा निकोला सानसोनले गोल गर्दै १-०को अग्रता दिलाएका थिए।  ९०औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै मेस्सीले बार्सालाई १ अंक दिलाएका थिए। 
 
त्यसैगरि अन्य लालिगा खेलमा सेल्टा भिगोले मलागालाई ३-१ गोलले पराजित गरेको थियो भने रियाल बेटिसले लेगानेलाई २-० गोलले हराएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ