arrow

संसद रोकिएन, छलफलको कार्यसूची पनि भएन

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
sansad-nirwachan-aa.-jpg.jpeg

काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश गर्दै व्यवस्थापिका–संसद्को बैठक चलेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ ।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहितका नौ दलको विरोधबीच संविधान संशोधन विधेयक टेबुल भएको थियो । सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ । गत मङ्सिर १४ गते संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि विपक्षीले निरन्तर सदन अवरुद्ध पारेका थिए ।

विपक्षीले अवरोध नगरेपछि शून्य समय र विशेष समय मागेर सांसदहरुले आ–आफ्ना भनाइ राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ