arrow

तात्न थाल्यो स्ववियुको माहोल, पिके क्याम्पसमा क्रान्तिकारीद्वारा नेविसंघ नेतृमाथि छुरा प्रहार

ताल्चा नलाग्ने ढोका भएको कोठामा नेविसंघलाई थुन्न क्रान्तिकारी गएपछि विवाद

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
PK_CAMPUS.jpeg
काठमाडौं । आउँदो फाल्गुनमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन हुने सम्भावना बढेसँगै विद्यार्थी संगठनहरुबीच भने कुटाकुट सुरु भएको छ । प्रचारप्रसारको विषयमा विवाद चर्किँदै जाँदा काठमाडौंको वागबजार स्थित पद्मकन्या क्याम्पसमा पनि आईतबार र सोमबार अखिल क्रान्तिकारीद्वारा नेविसंघका नेतृहरुमाथि छुट्टाछुट्टै आक्रमण भएको छ । 
 
क्याम्पस परिसर भित्र भित्ते लेखन गर्ने विषयमा विवाद हुँदा यस्तो आक्रमण भएको हो । प्रचारप्रसारको क्रममा पहिले सबै विद्यार्थीहरु संगठनहरुबीच कसले कहाँ पेन्टिङ गर्न पाउने भन्ने विषयमा कुरा नमिलुन्ज्याल पेन्टिङ नगर्न नेविसंघले क्रान्तिकारीलाई चेतावनी दिएपछि क्याम्पस तनावग्रस्त बनेको छ । 
 
आईतबार परीक्षा चलिरहेको समयमा अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्ष वसन्त भण्डारी र दर्शना नेपालीको नेतृत्वमा आएको क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुको टोलीले क्याम्पस प्रशासनमा तोडफोड गरेका थिए । भित्र क्याम्पस प्रशासन तोडफोड गरिसकेपछि उनीहरु बाहिर आएर क्याम्पस प्रशासन विरूद्ध आफैँ नाराबाजी सुरु गरेका थिए । 
 
त्यस्तै, क्याम्पसको छात्राबास भित्रै बस्ने रञ्जु कार्की माथि पनि आईतबार आक्रमणको प्रयास भएको थियो । उनीमाथि इट्टा प्रहार भएको भएपनि उनी त्यसबाट जोगिएकी थिईन् । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत गंगा दाहाललाई पक्राउ पनि गरेर आईतबार नै छाडेको थियो । 
 
सोमबार अखिल क्रान्तिकारीले अत्याचार गरेको भन्दै क्याम्पस प्रशासनसँग वाताका लागि गएको नेविसंघको टोलीलाई थुन्न भन्दै क्रान्तिकारीले ताल्चा नलाग्ने ढोकामा डोरीले बाँधेर ढोका बन्द गर्ने प्रयास गरेको थियो । यही विषयमा विवाद बढेपछि नेविसंघ नेतृ सीता मिजारमाथि आक्रमण भएको हो । 
 
उनलाई काठमाडौं मोडल अस्पतालमा उपचार गरिएको छ । उनलाई ८ वटा टाँका लगाईएको नेविसंघकी क्याम्पस इकाई अध्यक्ष साधना घिमिरेले जानकारी दिईन् । उता, नेविसंघले प्रहरीकै अगाडि यस्तो आक्रमण हुँदा पनि प्रहरीले आरोपीहरु समात्न नसकेको भन्दै आक्रोश जनाएको छ ।यता केन्द्रमा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसले संयुक्त रुपमा सरकार चलाईरहँदा विद्यार्थीहरु भने एक पक्षले अर्काे पक्षलाई देखि नसहने कुकुर र विरालोको जस्तै व्यवहार देखाउन थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ