arrow

मधेसीहरुको समस्या समाधान नभई निर्वाचन असंभव : त्रिपाठी

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ पुष २५ सोमबार
tripathi-news.jpeg
कपिलवस्तु । तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसको समस्या समाधान नभए सम्म मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । मधेसको माग पुरा नभए सम्म आफुहरुले कुनै पनि हातलमा स्थानीय देखि अन्य कुनै पनि निर्वाचन  हुन नदिने उनले बताए । 
 
तमलोपाले मानपुर गाबिसको सेखुनिया तालमा राखेको बृहद जन जागरण कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘ जब सम्म लाडाई जित्दैनौ तब सम्म कुनै चुनाव हुन दिदैनौ  ’ उनले भने । जनताको सहभागीता बिना कुनै हालतमा निर्वाचन  हुन नसक्ने उनले ठाकुवा समेत गरे । आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई सत्तापक्ष र प्रमुख बिपक्ष दुबैले बेवास्ता गरको र उल्टै मधेसीहरुलाई देशभक्तिसंग जाडेर खिल्लडी उठाएको उनले बताए ।
 
 पुस्तौ देखि मधेसीहरुले सीमाको रक्षा गर्दै आएकाले मधेसीहरु नै सच्चा देशभक्त भएकाले मधेसीहरुलाई देशभक्तिको कसैबाट प्रमाण पत्र नचाहिने जिकिर गरे । अहिले देश गंभीर मोडमा रहेको र त्यस्तोमा सबै मिलेर जाने बेलामा मधेसीहरुलाई देश टुक्राउने खेलमा लागेको भन्दै आफुहरुको भावनासंग खेलिएको उनले गुनासो गरे । आफुहरुलाई प्रदेशमा शासन र केन्द्रय सरकारमा साझेदारी चाहिएको उनले बताए । प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशहरुको बाडफाड  हचुवाको भरमा भएको भन्दै आफुहरुलाई सो मान्य नहुने बताए । 
 
मधेसी र थारुहरुलाई लादनकालागि कुन मापदण्ड बिना प्रदेशको बाडफाड गरिएको उनले आरोप लगाए । उनले आफनो अधिकार स्थापनाकालागि मधेसीहरु लडाई लडन तयार हुनु पर्ने बताए । जगदीश तिवारीको अध्यक्षता र गंगेशनाथ तिवारीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा सांसद मिना थारु, जितेन्द्र शाह, ईकवाल अहमद शाह, पुर्व मन्त्री ईवर दयाल मिश्रा, मंगल प्रसाद गुप्ता लगायले मन्तब्य दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ