arrow

राजनीतिक गतिरोध अन्त्य भयो, संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
ajaya-sankar.jpeg
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले यस्तो दाबी गरेका हुन्। उनले भने,‘मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको थियो, हिजो संविधान संशोधन विद्येयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयाग रहेको छ।’
 
उनले संशोधन विद्येयक संसदमा टेबुल भैसकेकोले यो अब प्रक्रियाबाट अघि बढ्ने बताउँदै विद्येयकलाई पारित गराउनको लागि सरकार तत्पर रहेको स्पष्ट पारे। मन्त्री नायकले प्रस्ताव पारित गर्न दिँदैनौं भनेर प्रमुख प्रतिपक्षी दलले अडान राख्न नहुने जिकिर गर्दै भने,‘आन्दोलनरत मधेशी मोर्चालेपनि यो प्रस्ताव पारित गर्नको लागि सहयोग गर्नुपर्छ।’
 
उनले मुलुकलाई निर्वाचनको बाटोमा डोर्याउनको लगि पनि मधेशी, थारु, जनजाति, आदिवासी लगायत असन्तुष्टहरुका मागलाई संविधान संशोधन मार्फत सम्बोधन गर्दै सबैलई चुनावमा लैजानुपर्नेमा जोड दिए। मन्त्री नायकले थपे,‘यो संशोधन विद्येयक टुँगोमा पुग्न एक महिना लाग्छ, हामी संशोधन प्रस्तावलाई सहमतिमा नै पारित गर्ने पक्षमा छौं, यो प्रस्ताव पारित हुन्छ, सके सहमतिमा नै पारित हुन्छ, नभएपनि दुई तिहाईले पारित हुन्छ।’
 
उनले विद्येयक पारित गराउनकै लागि सरकारले संसदमा टेबुल गरेको जिकिर गरे। आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकार त्यतातर्फ बढि केन्द्रित रहेको उनको भनाई थियो। 
 
प्रमुख दलहरु राष्ट्र र जनताप्रति उत्तरदायि बन्दै न्युनतम कोणबाटपनि एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै मन्त्री नायकले भने,‘यहाँ कसैको हार वा कसैको जित भएको महशुस गर्नुहुँदैन, यही संशोधन विद्येयकलाई परिमार्जन गरेर अघि बढ्न सरकार खुल्ला छ, राष्ट्रिय आवश्यकत्ता अनुसार अघि बढ्नुपर्छ।’
 
उनले सर्वोच्च अदालतले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यतालाई लिएर अयोग्य ठहर गरेको विषयलाई आफूहरुले स्वागत गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ