arrow

सुन व्यवसायीका नेताले नै पाएनन् १० दिनदेखि १ तोलापनि सुन !

सरकारकै कारण सुन तस्करी बढेको व्यवसायीहरुको ठहर

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
mani-ratna-sakya.jpeg
काठमाडौं । अहिले नेपाली बजार नै सुनमय बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही दिन अघि ठूलो परिणाममा अबैध सुन बरामद भएपछि अझै यस विषयले धेरै चर्चा पाएको हो । 
 
अहिले नेपाली बजारमा हुने सुन चाँदीको खपत र मागलाई हेर्ने हो भने सरकारले पर्याप्त मात्रामा सुन आयात गर्ने अनुमति नदिएकै कारणले गर्दा पनि बजारमा सुनको माग भई तस्करी बढेको हुनसक्ने चर्चा पनि चल्ने गरेको छ । सिजनको समयमा बजारमा ६० किलोसम्म सुनको माग हुने भएपनि राष्ट्र बैंकले भने बढीमा २० ÷२२ केजीको भन्दा बढी आयात गर्न अनुमति नदिने गरेको गुनासो गर्छन् सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य । 
 
उनी पटकपटक सरकारसँग आग्रह गर्दा पनि सरकार यस विषयमा सकारात्मक नबनेकोले सुन तस्करीको समस्या दिन प्रतिदिन बढ्दै गएको आरोप लगाउँछन् । 
 
व्यवसायीकै नेतालाई सुन नपाएर छटपटी !
सुनचाँदी व्यवसायी महासंघका निवर्तमान शाक्य अाफैं अहिले १० दिन देखि सुन नपाएर तनावमा छन् । उनको नक्सालमा रहेको आभुषण गृहको लागि भनेर १० दिनदेखि उनले १० तोला सुन मागेको अहिलेसम्म पाउन नसकेको गुनासो अध्यक्ष शाक्यले सोमबार हाम्राकुरासँग गरे । उनले माग बमोजिमको सुन पाउन नसकेकोले फुर्सद्को समयमा अहिले पसलको डेकोरेशन परिवर्तन गर्न लागेको बताउँछन् । 
 
‘म सुन चाँदि व्यवसायीहरुको निवर्तमान अध्यक्ष हुँ तर झण्डै १० दिन भयो मैले सुनको माग गरेको भएपनि १० दिनदेखि एक तोला पनि सुन पाएको छैन ।’ उनले हाम्राकुरासँग भने ‘पसल खोलेपछि ग्राहक आउँछन्, ग्राहकलाई दिने सुन छैन । बरु पसल नै बन्द गर्ने सोचले डेकोरेसन परिवर्तन गर्न लागेको हुँ ।’
 
शाक्यले नेपाली बजारमा तोकिएको सुनको तुलनामा राष्ट्र बैंकले धेरै न्यून मात्रामा सुन आयातको अनुमति दिएकोले पनि तस्करी बढ्ने गरेको उनको ठहर छ । ‘देशभरी आजको मितिसम्म दर्ताभएर चलेका मात्रै २३ हजार सुन पसल छन् । यिनीहरुले दिनको प्रत्येकले एक तोला मात्रै विक्री गरेपनि दैनिक २३ हजार तोला अर्थात् लगभग २ सय ८२ केजी सुनको आवश्यकता पर्दछ । तर नेपालमा दैनिक १५ केजी मात्रै सुन आयात गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । 
 
किन कम हुँदै छ सुन चाँदीको खपत ?
बजारमा काँचो सुनको मागगत आर्थिक वर्षको अन्तिममा धेरै घटेको तथ्याङ्क सपहतको समाचार केही महिना अघि हाम्रा कुराले प्रकाशित गरेको थियो । आयातको आधारमा हेर्दा वर्षेनी सुन खपतमा कमि आउँदै गरेको तथ्याङ्कले देखाएको छ । तर सुनचाँदी व्यवसायीहरु भने सरकारी तथ्याङ्कमा कम देखिएपनि वास्तविक सुन खपतमा भने कमि नआएको बताउँछन् । तर सरकारी तथ्याङ्कसँग किन व्यवसायीको तथ्याङ्क मेल खाँदैन त ? यसको एउटै कारण छ तस्करीको सुनले नै धानेको छ बजार । 
 
यसका विषयमा महासंघका अध्यक्ष शाक्य भन्छन् ‘गैरकानूनी बाटोबाट आउने सुनले अहिलेको बजारमा धेरै हिस्सा ओगटेको कुरालाई हामी पनि नकार्न सक्दैनौं । तर, स्पष्ट प्रमाणको अभावमा हामीले यस्तो बोल्न मिल्दैन । यसले गर्दा पनि बैधानिक रुपमा ल्याईएको सुन कम खपत भएको हुनसक्ने पनि उनको तर्क छ । अहिलेको बजारमा अबैधानिक सुनको हिस्सा डरलाग्दो मात्रामा रहेको भन्दै यस विषयमा अध्ययन नगरी यकीन तथ्याङ्क भने दिन नसकिने शाक्यको ठहर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ