arrow

'निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन’

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
nidhi-news-aa.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार तीन निर्वाचन गराउने मुख्य उद्देश्य लिएर बनेकाले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन संविधान संशोधन विधेयक ल्याइएको बताएका छन् । 
 
‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ माथिको सैद्धान्तिक छलफलमा संसद्को सोमबारको बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै निधिले सबै कानुनको टुङ्गो गराउन संसद् नै एक मात्र थलो हो भने । उनले निर्वाचनसम्बन्धी अन्य बाँकी विधेयक ल्याइने र समयमा स्थानीय तहको निर्वाचन गराइने प्रतिबद्धता व्यक्त गरे।
 
गृहमन्त्री निधिले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले अध्ययन गरिरहेको अवगत गराउँदै प्रदेशको सङ्ख्या सीमाङ्कन र संरचनाबारेमा पनि छलफल चलिरहेको जानकारी दिए  । त्यसअघि मन्त्री निधिले बैठकमा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ