arrow

पद्मकन्या क्याम्पसको झडपमा कुटिएको चाहिँ नेविसंघ कि क्रान्तिकारी ?

दुबै पक्षद्वारा आफू कुटिएको दाबी

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
padhmakanya.jpeg
काठमाडौं । सोमबार काठमाडौंको पद्मकन्या क्याम्पसमा भएको दुई पक्षीय झडपमा दुबै पक्षले आफू कुटिएको दाबी गरेको छ । स्ववियु निर्वाचनको प्रचारप्रसारको विषयमा कुरा नमिल्दा दुई पक्षबीच झडप भएको थियो । 
 
झडपमा नेविसंघले अनेरास्ववियू (क्रान्तिकारी)ले आफ्नी नेतृ सीता मिजार लगायतका नेतृहरु माथि छुरा प्रहार गरेको आरोप लगाएको छ । उनीहरुले प्रहरी समेत मुकदर्शक बनेको र आरोपी समात्न नसकेको आरोप समेत लगाएका छन् । यस विषयमा हाम्राकुरा डटकमले घाईते मिजारको घाईते भएको फोटो समेत राखेर समाचार प्रस्तुत गरेको थियो । तर, अखिल क्रान्तिकारीले भने यो घटनामा नेविसंघ नभई आफ्नो संगठनका विद्यार्थीहरु घाईते भएको दाबी गरेको छ ।
 
सोमबार क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले विज्ञप्ती जारी गर्दै नेविसंघले आफ्ना विद्यार्थीहरु माथि साङ्घातिक आक्रामण गरेको दाबी गरेका हुन् । उनले नेविसंघ महामन्त्री साधना घिमिरेको नेतृत्वमा आएको टोलीले आफ्ना विद्यार्थीहरु वसन्ता भण्डारी, गंगा दाहाल, दर्शना नेपाली लगायतमाथि आक्रमण गरेको जनाएको छ । 
 
तर, क्रान्तिकारीले घाईते भएको भनिएका महिला नेतृहरुले नै आफूहरुमाथि आक्रमण गरेको आरोप नेविसंघले लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ