arrow

क्रिकेट र फुटबलमा भएको अनियमितता छानविन : सुरुमा पत्राचार गर्ने निर्णय

थ्रीस्टाले एएफसी कपको प्लेअफ खेल्न नपाएकोबारे पनि छानविन हुँदै

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
news-aaja-khel-chanbin.jpeg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले क्रिकेट र फुटबलमा भएको अनिमियतता एवं गैरजिम्मेवारीबारे छानविन गर्न गठित समितिले सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । राखेपका सदस्य समेत रहेका समिति संयोजक देवकुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले प्रारम्भमा सो निर्णय गरेको हो ।

पुस पहिलो साता परिषद्ले अधिकारीको संयोजकत्वमा राखेप अन्तर्गत प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेत र राखेपका कानून विज्ञ धनबहादुर श्रेष्ठ सदस्य रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु परेकाले काम अघि बढाउन ढिलाई भएको र अब तीव्र गतिमा छानविन प्रक्रिया अघि ड बढाउने समितिले जनाएको छ । समितिले जनाए अनुसार १ महिनाभित्र प्रतिवेदन बुझाइनेछ ।

२०७३ असोज २० देखि हङ्गगकङ्गमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बि लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्न्यातले छनोटका क्रममा गैर खेलाडी छनोट गरेको, प्रतियोगिताका लागि वरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा त्यसो नगरेको तथा परिषद्मा दुई–दुई वरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुँदा हुंदै स्टाफ नर्सलाई फिजियोका रुपमा लगेको, खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोटमा अनियमितता गरेको र थ्री स्टार क्लबले एन्फाका पदाधिकारीहरुको गैर जिम्मेवारीपनका कारण एएफसी कपको प्लेअफ खेल्न बाट बञ्चित हुन परेको विषयमा छानविन गर्न समिति भएको हो । युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार परिषद्ले छानविन समिति गठन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ