arrow

हिन्दू स‌ंस्कृतिमा मकर स‌ंक्रान्ति : पृथ्वीमा शुभ दिनको आरम्भ

logo
कल्की अवतार,
प्रकाशित २०७३ पुष २५ सोमबार
Makar_sankranti.jpeg
काठमाडौं । अबको केही दिनमा मकर संक्रान्ति अर्थात् माघे सक्रान्ति पर्व नेपाल तथा विश्वभरका विभिन्न हिन्दूधर्मालम्बीहरुले मनाउने छन् । हरेक वर्ष माघ १ गते मनाईने मकर संक्रान्तिको दिन पनि विशेषगरी विहानको ७ बजेर ५० मिनेटदेखि साँझ ५ बजेर ५० मिनेटसम्मको समयलाई विशेष रुपमा मान्ने गरिएको छ । यस समयमा पुण्यकाल स्नान, ध्यान तथा धार्मिक कार्य गर्नुलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ ।      
 
पौष महिनामा जब सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छ त्यही दिन अर्थात् माघको १ गतेलाई हामी हिन्दूहरुले मकर सक्रान्तिको रुपमा हेर्ने गरेका छौं । यसै दिनदेखि सूर्यको उत्तरायण गति आरम्भ हुने भएकोले यसलाई उत्तरायणीको नामले पनि चिन्ने गरिएको छ । यो पर्वलाई पूरा हिन्दू धर्मालम्बीहरुले कुनै न कुनै रुपमा मनाउने गरेका छन् । 
 
हिन्दू धर्मालम्बीहरुमा यो पनि विश्वास छ कि मकर संक्रान्तिको दिन देखि नै पृथ्वीमा शुभ दिनको सुरुवात भएको हो । सूर्यले उत्तरायण गतिमा यात्रा गर्नुलाई हिन्दूहरुले शुभ मान्ने गरेका छन् । यस्तो कुरा हिन्दूशास्त्रहरुमा समेत उल्लेख गरेको पाईन्छ । यस दिन नेपाल तथा भारतका समेत विभिन्न नदी तटहरुमा मेलाको आयोजना गरिन्छ ।
 
भारतको गंगा यमुना र सरस्वती नदीको संगममा माघेसंक्रान्तिदेखि शिवरात्रिसम्म विशेष मेला लाग्ने गरेको छ । नेपालमा पनि माघेसक्रान्तिको एक दिन सबैतिर मेला लाग्दछ भने विभिन्न स्थानमा आ–आफ्नो संस्कृति अनुसार मेला लगाउने गरिएको छ । यसलाई कसैले माघि पर्व त कसैले अन्य विविध नामले मनाउने गरेका छन् । यस दिन गंगास्नान गरेपछि विभिन्न ब्राह्मणहरुलाई तिल आदि फल दान गरेमा पुण्य मिल्ने हिन्दू परम्परामा विश्वास छ ।  
 
पुरानो संस्कृतिका जानकारहरुका अनुसार महाराजा भगिरथले आफ्ना पितृको यति धेरै तर्पण गरे कि उनको त्यो तर्पणको प्रभावले गंगा पृथ्वीमा नै आउन बाध्य भएकी थिईन् । यसरी गंगा पृथ्वीमा आएर उनलाई डो¥याउँदै गएर कपिल मुनीको आश्रममा राजा भागिरथलाई छाडेर उनी आफू सागरतिर लागेकी थिईन् । 
 
पछि राजा भागिरथ कपिल मुनीकै सहायतामा आफ्ना पितृहरुसँग भेट्न सफल भएका थिए भन्ने धार्मिक मतहरु पाईन्छ । विभिन्न धार्मिक अनलाईनहरुको सहायताबाट ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ