arrow

वीरगंज–काठमाडौं विद्युतीय रेलमार्ग अध्ययन गर्न १९ कम्पनी इच्छुक

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
electric-railway.jpeg
काठमाडौं । काठमाडौं–वीरगंज विद्युतीय रेल मार्गको अध्ययन (फिजिबिलिटी स्टडी) गर्न १९ ओटा कम्पनी इच्छुक देखिएका छन् । रेल विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोवल टेन्डर) मा सहभागी भएर ती कम्पनीहरुले रेलमार्ग सम्भाव्यता अध्ययनको इच्छा देखाएका हुन् ।
 
चिनियाँ, भारतीय, कोरियाली र युरोपेली मुलुकका कम्पनीहरुले बोलपत्र दर्ता गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।
 
विभागमा दर्ता भएका बोलपत्र प्रस्ताव मंगलबार खोलिने र लगत्तै मूल्यांकन सुरु गरिने उनले जानकारी दिए ।
 
उपाध्यायका अनुसार बोलपत्र प्रस्ताव खोलिएको करिब १ महिनाभित्र मूल्यांकन सकिने छ । मूल्यांकन सकिएपछि १९ मध्ये उत्कृष्ट ठहरिने ६ कम्पनीलाई सर्ट लिस्टेड गरिने छ ।
 
सूचीकरणमा परेका कम्पनीमध्येबाट छनोट प्रक्रिया सुरु गरि एउटा कम्पनीलाई नियुक्त गरिने छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ