न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कलिला ज्वाइँ जरेद कुस्नेरलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने जनाएका छन् ।
३५ वर्षे कुस्नेरले ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले ससुराले उपहारस्वरुप यतिठूलो पद जिम्मा लगाउन लागेका हुन् ।
अब ज्वाइँ कुस्नेरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने छन् ।
अब ह्वाइटहाउसको कुर्सी सम्हाल्न ट्रम्पले १० दिन बाँकी छ । ट्रम्पले जनवरी २० तारिखमा राष्ट्रपतिको सपथ लिंदै ह्वाइटहाउस कब्जा गर्नेछन् ।
तर कलिलो उमेरका ज्वाइँलाई यतिठूलो जिम्मेवारी सुम्पने भएसंगै ट्रम्पको आलोचना तीव्र भएको छ ।
आलोचकहरुले सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् ।
नातावादको बारेमा बहस गर्नका लागि प्रमुख प्रतिपक्षी डेमोक्रमेटिक पार्टीले बैठक नै बोलाएको छ ।