arrow

भारतमा पुरिएर मृत्यु भएकाका चार परिवार आश्वासन लिएर फर्किए

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
Kanchanpur-hamrakura.jpg.jpeg
भीमदत्तनगर । गत बुधबार भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीका परिवार राहत पाउने आश्वासन लिएर भारतबाट घर फर्किएका छन् । हिमाञ्चलको सिमला जिल्ला तहशिल रामपुर भन्नेस्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दिपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्युपछि त्यहाँ पुगेका मृतकका आफन्तलाई हिमाञ्चल प्रदेश सरकारले प्रतिव्यक्ति तीनलाख ९० हजार भारतीय रुपैयाँ दिने आश्वासन दिएको छ । 
 
“पीडाका बीच हामी चारजनाको हरिद्वारमा दाहसंस्कार गरेर घर फर्किएका छौँ”, मृतक लोकेन्द्र विष्टका बुबा महेन्द्र विष्टले भने– “काजक्रिया सकिएपछि पुनः सिमला गएर क्षतिपूर्तिका लागि पहल गर्छौं ।” 
 
सरकारी बाटो खन्ने काम भएकाले प्रदेश सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने प्रावधान रहेको बताइएको छ ।
 
“चारजना ठेकेदार कम्पनीमार्फत सडकमा काम गरिरहेका थिए,” महेन्द्र विष्टले भने– “हिमाञ्चल प्रदेश सरकारले पनि नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रसहित क्षतिपूर्तिका लागि प्रक्रियागत ढङ्गबाट आउन भनेको छ ।” 
 
ठेकेदार कम्पनीले पनि केही राहत दिने आश्वासन दिएको मृतकका आफन्तले बताएका छन् ।
 
 “काजक्रिया सकेर त्यहाँ गएर प्रक्रियाअघि बढाउने सोचमा छौँ ।” विष्टले भने । दाहसंस्कार गरी आइतबार मृतकका परिवार नेपाल फर्किएर काजक्रिया गरिरहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ