arrow

सौरभ गांगुलीलाई मार्ने धम्कीयुक्त चिठ्ठी

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
saurav-ganguly.jpeg
कोलकाता । भारतीय क्रिकेटर सौरभ गांगुलीलाई मार्ने धम्की आएको छ । गत शनिबार गांगुलीकी आमाको नाममा चिठ्ठी लेखेर उनलाई मार्ने धम्की दिइएको हो । 
 
चिठ्ठीमा मिदनापुर विद्यासागर विश्वविद्यालयको अन्तरकलेज क्रिकेटमा सामेल नहुन चेतावनी दिंदै धम्कीपूर्ण चिठ्ठी लेखिएको हो । पूर्व कप्तान गांगुलीले मिदनापुर प्रहरीलाईसमेत यसको खवर गरेका छन् । 
 
चिठ्ठीमा गांगुलीकी आमा निरुपालाई जेड आलम नाम गरेको व्यक्तिले ‘तिमी तिम्रा छोराको अनुहार देख्न पाउने छैनौ’ भन्ने धम्कीमय भाषामा लेखिएको थियो ।
 
सो कार्यक्रममा सहभागी हुन गांगुलीलाई प्रमुख अतिथिको रुपमा निम्तो गरिएको छ । कार्यक्रम यही जनवरी १९ तारिख (माघ ६ गते) हुँदैछ । 
 
चिठ्ठीमा आएको धम्कीले गांगुलीले के गर्छन् भन्ने निर्णय लिएका छैनन् । स्थानीय संचारमाध्यमसंग उनले ‘यदि म त्यहाँ गएँ भने तपाईहरुलाई जानकारी हुने नै छ’ भनेका छन् । 
 
भारतीय क्रिकेट बोर्डका अध्यक्ष र सचिवलाई अदालतले बर्खास्त गरेपछि गांगुलीलाई बोर्डको अध्यक्षको दावेदारका रुपमासमेत हेरिएको छ । गांगुली स्वयंले पनि इच्छा देखाएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ