arrow

आयोडिनयुक्त नुनको प्रचार सहरतिर, गाउँमा ढिके नुन जिन्दाबाद

भन्छन्–ढिकेनुनको स्वादै मीठो

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
dhike-salt.jpeg
डोटी । डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् । 
 
ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । 
 
आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको अहिले ताँती लागेको छ । 
 
भटमास एक केजीको तीन केजीसम्म ढिके नुन साट्न पाइन्छ, मूल्य कम छ, गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ, चवरा चौताराका कृषक चक्र बमले भने।
 
पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्नमा पनि सजिलो लाग्ने उनले बताए । 
 
केदारअखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घन्टाको पैदल यात्रा गरी पिठ्युमा भटमासको भारी बोकेर ढिके नुन साट्न चवरा पुगे ।
 
उनले ढिके नुन हामी जस्ता कृषकका निम्ति सस्तो र कम मूल्यमा पाइने हुँदा यसकै प्रयोग बढी गर्ने गरेको बताए । 
 
आयोडिन नुन पनि खान्छौं तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उनको बुझाइ छ । 
 
साल्ट ट्रेडिङ डोटीका बिक्रेता प्रकाश विकका अनुसार अधिकतम मात्रामा ग्रामीण भेकमा ढिके नुन बढी मात्रामा बिक्री भइरहेको छ ।
 
मागअनुसार हामी ढिके नुन नै बढी मात्रामा पठाउने गर्दछौं । 
 
ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई, भैँसी, गोरु, बाख्रालाई खुवाउनका निम्ति पनि बढी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन्, उनले भने । 
 
सरकारले दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भनेता पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ