arrow

‘कि त संघीयता रहँदैन कि त नेपाल’

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
chitra-bahadur.jpeg
भक्तपुर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर के.सी.ले संघीयता र नेपाल भन्ने शब्द सँगै आउनै नसकिने भन्दै कि संघियता रहने कि नेपाल रहने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै के.सी.ले पहाड र तराइलाई टुक्राएर आफ्नो लामो समयदेखिको योजना संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पुरा गर्न लागेकाले कि संघियता रहने कि नेपाल रहने बताएका हुन् ।
 
उनले प्रतिपक्षको बिरोधका माँझ संशोधन बिधेयक टेबल गरेर संसदको मर्यादा बिपरित गएर बिदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन बिधेयक टेबल गरी गाइजात्रा देखाएको बताए ।
 
उनले स्थानीय तहको निर्वाचनको बिधेयक ल्याउने अवस्थामा लोकमानको मुद्दा र संशोधन प्रस्ताव ल्याएर अल्झाउने र सत्ता र शक्तिका लागि छिमेकीको भरमै निर्भर हुने अवस्था छाडी समयमै युद्धस्तरमा स्थानीयको निर्वाचनको तयारी गर्नु पर्ने र यदि स्थानीय निकायको निर्वाचन नभए लोकतन्त्र र गणतन्त्र समाप्त हुने बताए । 
 
भारतीय स्वार्थमा पुनःसंरचना गर्न सत्तासीन दलहरु लागि परेको बताउँदै उनले महिनौं दिनसम्म पनि लोकमानविरुद्धको महाअभियोग अड्काएर राख्न मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआएसम्म आफ्नो बिबेकले काम नगर्ने उनले बताए ।
 
नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघीयताबाटै सम्भव रहेको र यसको पछिल्लो उदाहरण पाँच नं प्रदेशलाई तराईबाट छुट्टाएर आफ्नो स्वार्थ पुरा गर्ने जानकारी पाएपछि सरकारमा रहेको काँग्रसका सांसद र अन्य राजनीतिक दलका सांसदहरुले समेत खुलेरै बिरोध गरेको उनले बताए ।
 
मधेशी मोर्चा आफ्नो बिबेकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै उनले भने पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतको योजना अनुसार भारतको कब्जामा लैजाने रणनीति भएको आरोप लगाए । उनले स्थानीय निकायको निर्वाचन मोर्चाका केही जमिनदार नेताहरु जो बिदेशीको पछलगुहरु छन् तीनलाई मधेशका जनताले नै ठिक पार्ने बताए ।
 
नेपाली राजनीतिज्ञहरु बिदेशी कुटनीतिज्ञहरुका अघि लम्पसार पर्ने रोगकै कारण नेपालको कुटनीतिक पक्ष कमजोर भएको र यसै कारण बिदेशीहरुले नेपाललाई खेल्ने थलो बनाएको र हेप्ने प्रबृती बढेको उनको भनाई छ । माओवादी केन्द्र र काँग्रेसको केन्द्रीय समितिमा कहिल्यै पनि संशोधनका बिषयमा छलफल नहुने र पाँच नं प्रदेश र अन्य प्रदेशका सिमांकनका बारे कहिल्यै छलफल नहुने तर नेताहरु नै एकाएक यस विषयमा एकलौटी निर्णय गर्ने गरेको उनको आरोप थियो ।
 
छिमेकीको इशारा आउन साथ सत्ता कसैको पनि कुरा नसुनी एकलौटी निर्णय गर्ने व्यवहारका कारण नेपालको राष्ट्रियता र स्वाभिमान खतरामा रहेको उनले टिप्पणी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ