arrow

नेपालमै पहिलो पटक मास्टर कार्डको सेवा

ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
ime-master-card.jpeg
काठमाडौं ।  ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्ड जारी र अधिग्रहण गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमईका तर्फबाट जनक शर्मा पौड्यालले र मास्टर कार्डका तर्फबाट नरेन्द्र नन्दलले हस्ताक्षर गरे । नेपालमै मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट उपलब्ध गराउने भएको छ  । यस सँगै   ग्लोबल आइएमई बैंकले  आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने मद्दत पुग्ने कम्पनीको दाबि  छ ।
 
सो सम्झौता पछि  मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा क्यासलेसभुक्तानी प्रणली लागू गर्न मद्दत गर्ने छ । बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नकोलागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको कम्पनील जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ