arrow

सिन्धुलीमा सुरु हुदै सामुदायिक होमस्टे

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
Sindhuli-homestay-1.jpeg
काठमाडौं ।  सिन्धुली जिल्लामा पहिलो होम स्टे संचालनमा आउने भएको छ । होमस्टेको पूर्वाधार तयार गर्न समृद्ध सिन्धुली अभियानले सिन्धुली उद्योग बाणिज्य संघ र पर्यटन बोर्डसँग मिलेर स्थानीय बासिन्दालाई तालिम दिएको छ । ऐतिहासिक सिन्धुलीगढी घुम्न जाने पर्यटक लक्षित गरेर त्यसवरपरका क्षेत्रमा सामुदायिक होमस्टे संचालन गर्न लागिएको हो । संमृद्ध सिन्धुली अभियान र सिन्धुली उद्योग बाणिज्य संघको सहकार्यमा सिन्धुलीगढीवरपरका गाउँमा पहिलो चरणमा ३० घरधुरीमा होमस्टे संचालन हुनेछन् । 
 
होमस्टे संचालन पूर्वाधार स्थापना लगायतका काम गर्न सिन्धुलीगढी होमस्टे ब्यबस्थापन समिती गठन गरिएको छ । गोविन्द लुंगेलीको अध्यक्षतामा गठित ब्यवस्थापन समितिले पूर्वाधार तयार गर्न सदस्यहरुलाई सहयोग गर्ने छ । सिन्धुलीगढीवरिपरिका चिसापानी, रतनचुरा, कालिका, भद्रकाली र तिनकन्या क्लस्टर बनाएर पूर्वाधार तयार गर्न लागिएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले बताए । 
 
सिन्धुली जिल्ला पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । जिल्लामा रहेको सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते गोर्खालीले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । यस क्षेत्र जुनार उत्पादनका लागिसमेत प्रख्यात रहेकाले होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने सिन्धुली उद्योग बाणिज्य संघका उपाध्यक्ष अमरेशचन्द्र बैदारले बताए । 
 
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । आउँदो बर्षभर २५० आंै बिशेष बर्षका रुपमा मनाउन आवश्यक पूर्वाधार तथा तालिमहरुमा लगानी गर्न सिन्धुली उद्योग बाणिज्य संघले समृद्ध सिन्धुली नागरिक अभियानसँग मिलेर एक बर्षे कार्य तालिकामा काम गरिरहेको समृद्ध सिन्धुली नागरिक अभियानका अभियन्ता सौरभ ढकालले जानकारी दिए । 
 
अभियानले स्टोरी साइकल र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गत कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म ‘राइट टु सिन्धुलीगढी’ साइकलयात्रा आयोजना गरेको थियो । अभियानले हरेक बर्षको विजयोत्सवका बेला काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने योजना बनाएको छ । आउँदो कात्तिक २३, २४ र २५ गते सिन्धुलीगढीसम्म गरिने साइकलयात्रामा २५० भन्दा बढी यात्रीलाई सहभागी गराउने लक्ष लिएर पूर्वाधार तयार गर्न लागिरहेको ढकालले बताए । 
 
नेपाल पर्यटन बोडसँगको सहकार्यमा अभियानले स्थानीय बासिन्दालाई दिएको ३ दिने घरबास अभिमुखीकरण तथा अतिथ्यता तालिम सोमबार सम्पन्न भएको छ । तालिममा होमस्टे एसोसिएसनका उपाध्यक्ष केशव बराल र कोषाध्यक्ष सुरज बस्कोटाले होमस्टे संचालन कार्यबिधि तथा ब्यबस्थापनबारे सहभागीलाई 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ