arrow

पोखराका गुरुङको पोर्चुगलमा निधन

logo
भरत प्रधान,
प्रकाशित २०७३ पुष २६ मंगलबार
deepak-man-gurung.jpeg
लिस्बन (पोर्चुगल)। बैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हृदयघातका कारण निधन भएको छ । बेजाको ओढीमिरा स्थित साओ तेतोनियो भन्ने स्थानमा कृषि मजदुरका रुपमा कार्यरत पोखरा उपमहानगरपालिका १० अमरसिंह चोकका ३८ बर्षीय दीपकमान गुरुङको शुक्रवार राती मृत्यु भएको हो ।
 
यहाँ स्थित नेपालीद्धारा सञ्चालित कृषि कम्पनी भुपेन्द्र बस्नेत एल डी ए कम्पनीमा कार्यरत गुरुङ शुक्रबार दिउँसो आफ्नै कोठाको सोफामा बसिरहेका बेला एक्कासी बेहोस भएका थिए । बेहोस भई अचेत भएका गुरुङको उपचारका लागि तत्कालै अस्पताल लगिएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको सोही कम्पनीमा कार्यरत बासु सत्यालले जानकारी दिनुभयो । मृतक गुरुङको शव बेजा सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । उनको निधन भएको बिषयमा घरपरिवारलाई जानकारी गराईसकिएको बताईएको छ । 
 
आवश्यक कानुनी प्रकृया पूरा गरि जतिसक्दो छिटो शव स्वदेश पठाउन पहल गरिने कम्पनी सञ्चालक भुपेन्द्र बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार एक बर्ष अगाडी पोर्चुगल आएका गुरुङ पछिल्लो तीन महिनादेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए । मृतक गुरुङको बृद्ध बुवाआमा, श्रीमती र दुई छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ