arrow

विभाजनको राजनीति बन्द गर्नुपर्छ : डा.महत

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
dr-mahat.jpeg
काठमाडौं ।   नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय ढंगले विभाजित गर्ने विकृतिपूर्ण राजनीति नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बिचार व्यक्त गरेका छन् ।
  
सुदूरपश्चिमी जिल्लाहरुको भ्रमणको क्रममा कञ्चरपुर पुगेका नेता डा महतले भने, बर्षौदेखि एकजुट भै मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम हुँदैछ । यो विकृतिपूर्ण राजनीति हो र यसलाई हामीले बढावा दिनु हुँदैन, बन्द गर्नुपर्छ । संसारमा सबैले मानेको राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक व्यवस्था नै हो र यस व्यवस्थामा अहिले सबै राजनीतिक दलहरु उभिएका छन् । उनको भनाई थियो, पछिल्ला बर्षहरुमा नेपालमा भौगोलिक, सामाजिक, धार्मिक र जातीय ढंगले नेपालीलाई विभाजित गर्ने राजनीति शुरु भएको छ । यसले जनतामा निराशा ल्याउनेछ । अहिले नै  सुधार हुनु आवश्यक छ । 
 
डा.महतले नेपालका सबै राजनीतिक शक्तिहरु अहिले लोकतान्त्रिक राजनीतिक प्रणालीमा आइसकेको र उनीहरुले कांग्रेसले अंगालेको आर्थिक नीति नै अगाल्न थालेकोले पार्टीका सबैले गौरव गर्नुपर्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ