arrow

पूर्व राजा ज्ञानेन्द्रले भने ‘दशक नवित्दै नेपाल बच्ने हो कि होईन भन्ने चिन्ता बढ्याे’

'नारायणाहिटी छाडेकाे हाे जनताकाे जिम्मेवारीबाट पछि हट्दैनाै‌ं'

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
gyanendra-shah1.jpg.jpeg
काठमाडाै‌ । पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी नारायण शाहको जन्म जयन्तिको पूर्व सन्ध्यामा नेपालको वर्तमान राजनीति प्रति तिक्तता पोख्दै वक्तव्य निकालेका छन् । मंगलबार र्पथ्वी नारायण शाहलाई सम्झिँदै जारी गरेको विज्ञप्तीमा नेपाल बन्ने त परैको कुरा नेपाल बच्ने हो कि होईन भन्ने चिन्ता आफूलाई लागेको बताएका छन् । 
 
पृथ्वी नारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शीता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नू हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको बताएका छन् । 
 
‘चारवर्ण छत्तीस जातको साझा फुलवारीकोरूपमा रहेको यस मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् । यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हूने परंपरा रही आएको यस मूलूकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नाराय०ाहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं । दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपूगेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ