arrow

धितोपत्रले दियो थप १६ बैंकलाई एएसविए प्रणालीको अनुमति (सूचीसहित)

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
dhitopatra-bord.jpeg

काठमाडाै । धितोपत्र बोर्डले एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एकाउन्ट(एएसविए) प्रणाली लागू गर्नको लागि थप १६ बैंकलाई अनुमति दिएको छ । बोर्डले आगामी माघदेखि लागू गर्ने क्रममा सो प्रणालीमा सहभागी हुन योग्य बैंक वा वित्तीय संस्थालाई अनुमतिको लागि निवेदन दिन यस अघि नै सार्वजनिक सूचना गरेको थियो । उक्त प्रणालीमा सहभागी हुन बोर्डमा निवेदन प्राप्त थप १६ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ । 

उसले अव अनुमति प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या यससँगै २७ पुगेको पनि जनाएको छ । यस मध्ये वाणिज्य बैंक १८ वटा र ९ वटा विकास बैंक रहेका छन् । साथै उक्त प्रणालीमा समावेश हुन थप केही बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको र अन्य निवेदन आउने क्रममा रहेको जानकारी बोर्डले दिएको छ । बोर्डमा प्राप्त हुने निवेदनहरुको अध्ययन गरी योग्यता पुगेका बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर रुपमा अनुमति प्रदान गर्दै जाने प्रतिवद्धता पनि बैंकले गरेको छ । 
 
हाल उक्त प्रणालीमा सहभागी भई सेवा प्रदान गर्न बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको नामावली निम्न रहेको छ । यो व्यवस्थालाई प्रारम्भिक चरणमा अनिवार्य नगरी हाललाई ऐच्छिक रुपमा सार्वजनिक निष्काशनमा शुरुवात गर्न लागिएको हो । यस प्रणालीको सफल कार्यान्वयन सँगै अन्य वित्तीय संस्थाहरुलाई समेत समावेश गराई अगाडि बढाउँदै यस प्रणालीलाई क्रमशः अनिवार्य गरिने बोर्डको योजना रहेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । यस्ता छन् अनुमति प्राप्त बै‌क तथा वित्तीय स‌ंस्थाहरु :-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ