arrow

छोरीलाई केटाहरुसँग पौडी खेलाएकामा आपत्ति जनाउने मुस्लिम दम्पत्तिले मुद्दा हारे

धार्मिक तर्कले काम गरेन

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
burkini.jpeg

एजेन्सी । स्वीट्जरल्याण्डमा एक मुस्लिम दम्पितिले धर्मकै मुद्दा हारेका छन् । स्कुलमा  आफ्ना छोरीहरुलाई केटाहरुसँग पौडी सिकाएकामा आपत्ति जनाई अदालत पुग्ने मुस्लिम दम्पत्तिले अदालती मुद्दा हारेका हुन् । स्वीट्जरल्याण्डको बैजिल शहरमा बस्ने तुर्क मूलको दम्पतिले स्कुलमा छोरीहरुलाई स्विमिङ पूलमा केटाहरुसँग तैरिन पठाउनु धर्मविरुद्ध भन्दै मुद्दा लडेका बताइएको छ ।

यो विवादास्पद मामिला युरोपीन कोर्ट अफ ह्यमन राइट्स सम्म पुग्यो । जसले त्यो दम्पतिको आपत्ति खारेज गरिदियो । आपत्ति खारेज गर्दै भनिएको छ, ‘स्वीस अधिकारीले पाठ्यक्रम लागु गराउने र बालबालिकालाई समाजको सफलता घुलमिल गर्नका लागि लिएको निर्णय उत्तम छ ।’
स्ट्रसबर्गस्थित अदालतका न्यायाधीश स्कुलमा यस्तो खालको कक्षा अनिवार्य बनाउनु धार्मिक स्वतन्त्रता विरोधी हो भन्नेमा सोचमग्न भएका थिए ।

यद्यपि, अदालतले स्कुल सामाजिक मिलनमा महत्वपूर्ण भूमिका निभाउँछ, भनेको छ । अदालतले थप प्रष्ट्याउँदै भनेको छ, ‘स्कुल पौडीबारे थोरै नरम भएका थिए । बालिकाले पौडी सिक्दा बुर्किनी पहिरिने लगायतमा ।’ स्कुल र स्वीस अधिकारीसँग मुस्लिम दम्पतिको यो मुद्दा लामो समय चल्यो । २०१० मा सो दम्पतिलाई आमा बाबुको जिम्मेवारी उल्लंघन गरेको भन्दै १३ यि यूरो जरिवाना गर्ने आदेश दिइएको बताइँदै छ ।
    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ