arrow

फहराइयो हाम्रा कुराको लोगो अंकित झण्डा अन्टार्कटीकाको सर्वाेच्च शिखरमा

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
hamrakuraक.jpeg
काठमाडौं । हाम्राकुरा डटकमको लोगो अंकित झण्डा अन्टार्कटीकाको सर्वाेच्च शिखरमा फहराएको छ । विश्वको सातौ ठुलो महादेशको सर्वोच्च शिखर अन्टार्कटिकाको भिन्सोंन मसिफमा कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले  नेपालको झन्डासँगै हाम्राकुरा डटकमको लोगो अंकित झण्डा समेत फहराएका हुन् । झन्डासँगै पण्डितले भादगाउँले टोपी शिरमा लगाएर प्रदर्शन गरेका थिए । उनले यहि जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका हुन्।
 
पण्डितले सोमबार मात्र  अन्टार्टिकाको अर्को चर्चित पर्वत माउन्ट रजडम्यान  आरोहण गरेका छन् । पण्डित सहितको टोलीले दक्षिण मोहोडाबाट सफलतापूर्वक आरोहण गरेका थिए। उनी करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नङ्गिएर नेपाली राष्ट्रिय झण्डा फहराउन सफल भएका हुन । पण्डितले उक्त हिमाल आरोहण गर्ने नेपालकै पहिलो पर्वतारोही बनेका छन्।  
 
पण्डितलाई अमेरिकी विश्वचर्चित आरोही १० पटक सगरमाथा आरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका एलन किलर आरोही सहयात्री रहेका थिए। पण्डितले मौसम निकै प्रतिकुल हुँदा पनि आफुले सफल आरोहण गरेको हुनाले अन्टारटिका अभियानमा सहयोग गर्ने सबैलाई शिखरबाट धन्यबाद दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ