arrow

२९ सरकारी अस्पतालका अध्यक्ष को को भए? (नामावली सहित)

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
health-ministry.jpeg
काठमाडौं। स्वास्थ्य मन्त्रालयले २९ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये २९ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए। 
 
स्वास्थ्यमन्त्री गगन थापाले सोमबार २९ अस्पतालमा पदाधिकारी नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए। लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो। अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाएको थियो। 
 
नियुक्त गरिएका अस्पतालका अध्यक्षहरुमा काठमाडौंमा रहेका केन्द्रीय अस्पतालदेखि, अञ्चल अस्पताल र जिल्ला अस्पतालसम्म रहेका छन्। काठमाडौंमा रहेको केन्द्रीय अस्पताल परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीको अध्यक्षमा डा लता बज्राचार्य मनोनयन भएकी छन्। त्यसैगरि नरदेवी आयुर्वेद औषधालय काठमाडौंको अध्यक्षमा ख्यामराज तिवारी अध्यक्ष मनोनयन भएका छन्। 
 
पाँच वटा अञ्चल अस्पतालमा पनि अध्यक्ष मनोनय भएको छ। मेची अञ्चल अस्पताल भद्रपुरमा राम बहादुर कट्टेल, कोशी अञ्चल अस्पताल विराटनगरमा डा रामेश्वरलाल करवा, सेती अञ्चल अस्पताल कैलालीमा रिता भण्डारी, धौलागिरी अञ्चल अस्पताल वागलुङमा मञ्जेस वम मल्ल, भेरी अञ्चल अस्पताल बाँकेमा डा उषा राणा शाह र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा भोज बहादुर बोहोरा अध्यक्ष मनोनयन भएका छन्। 
 
त्यसैगरि विभिन्न जिल्ला अस्पतालहरुका अध्यक्ष पनि मनोनयन भएका छन्। इलाम अस्पताल इलाममा केदार थापा, सन्धिखर्क अस्पताल अर्घाखाँचीमा कृष्ण प्रसाद खनाल, गुलरिया अस्पताल बर्दियामा दुर्गा सापकोटा, पाँचथर अस्पताल पाँचथरमा दिपक नेपाल, इनरुवा अस्पताल सुनसरीमा रमेश कटुवाल, दमौली अस्पताल तनहुँमा वसन्त बहादुर आले, जोमसोम अस्पताल मुस्ताङमा महेन्द्र बहादुर थकाली, भरतपुर अस्पताल चितवनमा राजकुमार राजभण्डारी, मलंगवा अस्पताल सर्लाहीमा विजय प्रसाद सिंह, तम्घास अस्पताल गुल्मीमा विनोद पाण्डे, प्यूठान अस्पताल प्यूठानमा मेघराज पुरी, टीकापुर अस्पताल कैलालीमा रतन बहादुर खड्का, बैतडी अस्पताल बैतडीमा रमेशसिंह भण्डारी, बझाङ अस्पताल बझाङमा बिष्णु कुमार सिंह, बाजुरा अस्पताल बाजुरामा भरत बहादुर रोकाया, धार्दिङ अस्पताल धार्दिङमा अर्जुन प्रसाद उप्रेती, सल्यान अस्पताल सल्यानमा बिष्णु प्रसाद शर्मा, तेह्रथुम अस्पताल तेह्रथुममा मान बहादुर लिम्बु, रसुवा अस्पताल रसुवामा जयराम देवकोटा, जाजरकोट अस्पताल जाजरकोटमा महेन्द्र बहादुर शाह, रामेछाप अस्पताल रामेछापमा लक्ष्मण श्रेष्ठ र धनकुटा अस्पताल धनकुटामा सुनिल डंगोल अध्यक्ष मनोनयन भएका छन्। 
 
स्वास्थ्य मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति एवं मनोनयनसम्बन्धी मापदण्डलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्री थापाले पेस गरेको मापदण्डलाई सरकारले मङ्सिर १६ गते स्वीकृत गरेको थियो। मापदण्डअनुसार जिल्ला अस्पतालको अध्यक्षका लागि स्नातक तथा केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पतालका अध्यक्षका लागि स्नातकोत्तर पास हुनुपर्नेछ। समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिबद्धतासहित कार्यसम्पादन करार गर्नुपर्नेछ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ