arrow

विप्लप माओवादीका विद्यार्थीले गरे ब्रिक्सटन कलेजमा तोडफोड

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ पुष २६ मंगलबार
breton-photo.jpeg
कञ्चनपुर । नेत्र बिक्रमचन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले कञ्चनपुरको ब्रिक्सटन कलेजमा तोडफोड गरेका छन् । क्रान्तिकारीकाले मंगलबार आह्वान गरेको शैक्षिक हड्तालमा ब्रिक्सटन कलेजले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेको हो । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख लोममान सिह कार्कीलाई कालोमोसो दल्ने आफ्ना दुई जना विद्यार्थीलाई बिना सर्त सम्मानपुर्वक रिहाको माग राख्दै सम्पूर्ण शैक्षिक संस्था बन्द आब्हान गरेको थियो । क्रान्तिकारीले प्रिन्सिपलको कार्यकक्षका टेबुल तोडफोड गर्नुका साथै फर्निचरमा समेत क्षति  पुगाएका छन् । 
 
ब्रिक्सटन कलेजका प्रिसिन्पल निशा भट्टले एकाएक कलेजमा आएका विद्यार्थीले आफ््नो कार्यकक्ष तोडफोड गरेर गएको बताए । ‘म आफ्नो कार्यकक्षमा थिए , ७-८ जनाको समूह आएर तोडफोड गरेर गए’ । उनले भनिन् ‘बन्दकै विषयमा हामी विद्यार्थीलाई सूचना गर्दै थिए उनीहरु आएर यस्तो घटना गरे ।’ आफुलाई पनि अभद्र व्यवहार गरेको प्रिन्सिपल भट्टले बताईन् ।
 
 यता क्रान्तिकारीले भने बन्दको अवाज्ञा गरेको भन्दै समान्य तोडफोड गरेको स्वीकार गरेका छन् । क्रान्तिकारीका केन्द्रीय सदस्य बिरेन्द्र शाहले संगठनले बन्दको पुर्व जानकारी दिएर पनि बन्दको अवाज्ञा गरेका कारण उक्त विद्यालय कार्बाहीमा परेको बताए । आफुहरुले कसैलाई पनि अभद्र व्यवहार नगरेको उनको दावि छ । कलेजले तोडफोडका विषयमा प्रहरीलाई जाहेरी समेत दिएको छ । तोडफोड गर्नेलाई कार्बाहीको माग समेत गरेको छ । भने कञ्चनपुर प्रहरीले तोडफोडको घटना बारे छानबिन भईरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ