arrow

संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुन्छः कृष्णप्रसाद सिटौला

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg
इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताएका छन् । नेपाली काँग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको अन्तरक्रियामा नलले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गरे । 
 
नेता सिटौलाले अहिलेको वर्तमान समस्या संविधान संशोधनबाट समाधान हुने र मुलुक निर्वाचनमा जाने बताउँदै वैशाखभित्रै स्थानीय तहको निर्वाचनको तयारी भइरहेकाले यसका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 
 
एमाले नेतृत्वको सरकारले भन्दा वर्तमान सरकारले सकारात्मक काम गरिरहेकोसमेत नेता सिटौलाले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ