arrow

कम्युनिस्टहरु काँग्रेसले अघि सारेका आर्थिक नीतिमा आएका हुन् – डा रामशरण महत

जनमतअनुसार पाँच नम्बर प्रदेशको सीमांकन हुनुपर्नेमा जोड

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
ramsharan.JPG.jpeg
धनगढी । नेपाली काँग्रेसका नेता डा रामशरण महतले काँग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् ।  
 
धनगढीमा आयोजित काँग्रेस कार्यकर्ता भेलामा उनले काँग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको बताए । 
 
पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले भने, “२०४८ देखि काँग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थ व्यवस्था टिकेर बसेको छ ।” 
 
राज्य नियन्त्रित आर्थिक पद्धतिले देशको आर्थिक विकास हुन नसक्ने बताउँदै उनले पाँच नम्बर प्रदेशका जनताको अभिमतअनुसार सो क्षेत्रको प्रदेश सीमाङ्कन गर्नुपर्नेमा जोड दिए । 
 
कांग्रेसका नेता एवम् वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर सङ्गठनमा लाग्नुपर्ने बताए । 
 
काँग्रेसका अर्का नेता एवम् सांसद रामकृष्ण यादवले एमाले र मधेसी मोर्चाको अतिवादमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई निकास दिन काँग्रेस सक्षम रहेको बताए । 
 
सांसदद्वय पुष्करनाथ ओझा र चन्द्रा जोशीलगायतले संविधान कार्यान्वयनमा दलहरु गम्भीर हुनुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ