arrow

भर्चुअल क्लास शुरू, राजधानीमा शिक्षकले पढाउँदा दूरदराजका विद्यालयबाट हेर्न सकिने

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
virtual-classroom.jpeg
काठमाडौं । एक दशक अघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपर्थ्यो ।
 
गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । 
 
यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यस वर्षबाट प्रविधिमैत्री कक्षा शुरू गरेको छ ।
 
शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् ।
 
केन्द्रले आइतबारदेखि यस्तो ‘भर्चुअल कक्षा’ शुरू गरेको हो । सानोठिमीस्थित केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाएको हो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ