arrow

एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
hamrakura-logo.jpeg
बर्दिवास । महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मङ्गलबार राति उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ । 
 
मङ्गलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको मृत्यु भएको हो । 
 
घटनाको इलाका प्रहरी कार्यालय गौशालाले पुष्टि गरेको छ । मजदुर तिवारीको चेपिएर क्षतविक्षत् भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शवपरीक्षणका लागि जलेश्वर अस्पताल लगिएको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । 
 
यसैबीच, एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन माग गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ