arrow

रेस्टुरेन्टमा आगलागी, काठैकाठले बनेको रेष्टुरेन्ट जलेर खरानी

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
fire.jpeg
पोखरा । पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा मङ्गलबार राति आगलागी हुँदा रेस्टुरेन्ट पूर्णरुपमा जलेर क्षति भएको छ । 
 
वडा प्रहरी कार्यालय बैदामका हबलदार राजेन्द्र चौधरीका अनुसार राति करिब १०ः४५ बजे रेस्टुरेन्टमा आगजनी भएकोमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राति १ बजे मात्र आगलागी नियन्त्रण भएको थियो । 
 
काठैकाठले निर्मित उक्त रेस्टुरेन्ट स्थानीय धर्मेन्द्र बाटाजूले केही वर्षअघि सञ्चालनमा ल्याएका थिए । 
 
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ