arrow

ओम पुरीको निधन रहस्यमय, हत्या भएको शंका

मोवाइल दोस्री पत्नीको साथमा

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
om-puri.jpeg
मुम्बई । चर्चित बलिउड अभिनेता ओम पुरीको निधन रहस्यमय बन्दै गएको छ । गत जनवरी ६ तारिखमा आफ्नो घरमै निधन भएका पुरीको मोवाइल फोनले भने उनको मृत्युलाई स्वभाविक भन्दा अस्वभाविक बनाएको हो । 
 
उनको फोन दोस्री पत्नी नन्दिताको साथमा रहेको रहेसंगै उल्झन बढेको हो । भारतीय संचारमाध्यमहरुका अनुसार प्रहरीले मृत्युको अनुसन्धान गर्ने क्रममा उनको मोवाइल उनकी दोस्री पत्नीसंग रहेको पत्ता लगाएको हो । 
 
मृत्युपछिमात्र फोन हराएको हो । पोष्टमार्टम रिपोर्टमा उनको टाउकोमा डेढ इन्च गहिरो चोटको निशान रहेको पत्ता लागेको थियो । प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । 
 
सो क्रममा मोवाइल भेटिए पनि उनकी दोस्रो श्रीमतीले फम्र्याट गरेरमात्र मोवाइल प्रहरीलाई दिएकी छिन् । 
 
सुरुवाती अनुसन्धानका क्रममा सोध्दा तिनै नन्दिताले फोन आफूसंग नभएको बताएकी थिइन् । तर प्रहरीले ट्रेसिङ गरी पत्ता लगाएपछि उनले दिएकी थिइन् । 
 
स्रोतका अनुसार ओम पुरीले सबैको फोन रेकर्ड गर्दथे । जरुरी नभएका कल डिलेट गर्थे । तर नन्दितासंग भएका सबै फोन रेकर्ड सुरक्षित राख्थे । 
 
नन्दिता र ओम पुरीबीच पारपाचुके भइसकेपछिका कलसमेत रेकर्ड थिए । उनको मृत्युको २४ घण्टा पहिलेसमेत नन्दितासंग कुराकानी भएको स्रोतको दावी छ ।
 
पोष्टमार्टम रिपोर्टमा टाउकोमा गहिरो चोट देखिएसंगै ओम पुरीको निधन हृदयघातका कारण नभइ हत्या हुनसक्ने अनुमानसमेत हुन थालेको छ । प्रहरीको अनुसन्धान जारी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ