arrow

खै सकारात्मक साेंच् ? गाली खप्न नसकेपछि ओली जी कार्यक्रमबाटै बाहिरिनु भो : महत

सन्दर्भ पृथ्वी जयन्ती

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
ramsaran-daju-news-aa.jpeg

काठमाडौं । काँग्रेस नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले नेपाली समाजमा नकारात्मक सोंच र प्रवृत्ति हावी भएको बताएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २५५औं जन्म जयन्तीका अबसरमा आयोजित कार्यक्रममा नेता महतले नराकात्मक सोंच हावी भएको भन्दै यो सोंचले पृथ्वीनाराणको योगदानलाई सम्झिनु दुष्ट्याइँ हुने बताएका हुन् ।

नकारात्मक सोंच ग्रसित राष्ट्रियताको नारा काम नलाग्ने टिप्पणी गर्दै महतले भने, ‘राजनीतिक दल र तिनका नेतालाई देख्न एवं नाम लिनै हुँदैन । गालीबाट शब्द प्रहार हुन थाल्छन् । नेपालमा विकास भएको देख्ने गरिएको छैन ।’ विकासका विभन्न उदाहरण दिँदै महतले थपे, ‘यही कार्यक्रममा पनि सुरुवातबाट नकारात्मक कुराहरु नै बढी आए । एमाले अध्यक्ष केपी ओली जी सहन नसकी उठेर जानु भो । उहाँले मलाई बारम्बार भनिरहनु भयो थियो । ड्यासमा मलाई साह्रै अफ्ठ्यारो भो भनेर, नभन्दै उहाँ कार्यक्रमबाट छिटै उठेर जानु भो ।’ खै सकारात्मक साेंच ? नकारात्मक प्रवृति छोडौं । जताततै कालै कालो देख्ने पनि नगरौं, सेतै सेतो पनि देख्ने नगरौं । तथ्य केलाऔं अध्ययन गरौं, –महतले क्रमैसँग भने ।

लामो समय पृथ्वीनारायणको दर्शनको चर्चा गरेका महतले आफुहरुले अहिले गरिरहेको आर्थिक समृद्धिका कुरा पृथ्वीनारायणले अढाइसय वर्ष अघि नै सोचेको बताए । महतले पृथ्वीनारायणलाई रणनीतिकार, विचारक, राजनेता र एक महापुरुष भने । महतले थपे, ‘पृथ्वीनारायणको उचाइमा आज सम्म कोही व्यक्ति पुगेको छैन ।’ नेपालीले आफ्नो क्षमता र शक्तिलाई नजरअन्दाज गरेर छिमेकीसँग झगडा गरिरहेको प्रसंग कोट्याउँदै महतले पृथ्वीनारायणले दक्षिणी छिमेकी चतुर छ त्यसले खान्छ, जाइ नलाग्नु भनेको सुनाए ।

महतले भने, ‘त्यत्रो इष्टयन्डिया कम्पनीको दबदबा हुँदा हुँदै गोरखामा सानो राज्य खडा गरेर नेपाल एकीकरण गरे । पृथ्वीनारायणले बनाएको देश आज हामीलाई सानो लागिरहेको छ । विशाल थियो विशाल । जहाँ भारत, पाकिस्तान, बंगलादेश कोही थिएनन् नेपाल जस्तो विशाल र शक्तिशाली ।’ नेपाल दक्षिण एसियाकै शक्तिशाली राष्ट्र निर्माण गरेका हुन् पृथ्वीनारायणले । महतले पृथ्वीनारायणको योगदान चिल्याउन उत्रिएका युवाले तथ्यलाई बंग्याइ गलत प्रयोग गर्न नहुनेतर्फ समेत सचेत गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ