काठमाडौ । विश्वको सातौ ठुलो महादेशको सातौँ ठूलो शिखर अन्टार्कटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्वत माउन्ट रजडम्यान दक्षिण मोहडाबाट सफल आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलार्इ मंगलबार अन्टार्कटिका युनियन गेलेसियरमा अन्टार्कटिका लजिस्कटिक एण्ड याक्सपीडिशनले भव्य सम्मान गरेको छ।
अन्टारटिका लजिस्कटिक एण्ड याक्सपीडिशनले दशकौ वर्ष अगाडिदेखि एकाधिकार रुपमा सम्पूर्ण अन्टार्कटिकाका सबै हिमाल आरोहण एवम् दक्षिणपोलमा जाने जिम्मा एल.इले मात्र लिएको छ । सम्मान कार्यक्रममा एल. इका प्रबन्ध निर्देशक ओनर एवम् संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टार्कटिका महादेश अंकित नक्सा तथा अन्टार्कटिका अंकित टोपी तथा खादा लगाइदिनुका साथै अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री प्रदान गरेका थिए।
पण्डितले नेपाली भादगाउँले टोपी फहराइदिँदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले प्रदान गरेको सम्पूर्ण नेपाल पर्यटन सम्बन्धि सिडी र सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडि प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए ।
पण्डितले एल. इका सम्पूर्ण टिम सदस्यहरुलाई सगरमाथा अनि बुद्द जन्मेको देशमा आउन पनि निम्ता दिएका थिए । उनी लगाएतको टोली मंगलबार नै अन्टारटिकादेखि चिलीको लागि प्रस्थान गरिसकेको छ ।