arrow

शालिक जति टुक्रा पारेपनि इतिहास नेपाली मष्तिष्कबाट कदापि हट्न सक्दैन : रुपमाङ्गत कटवाल

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
rupmangat-katwal.jpeg

काठमाडौं । पूर्व प्रधान सेनापति रुपमाङ्गत कटवालले पृथ्वीनारायण शाहको इतिहास मेटाउन जतिसुकै प्रयन्त गरिएपनि नेपाली मन मष्तिष्कबाट हटाउन नसकिने ठोकुवा गरेका छन् ।

२५५औं पृथ्वी जयन्तीको अवसर पारी नागरिक समूहले राजधानीमा गरेको कार्यक्रममा पूर्व प्रधान सेनापति कटवालले हिजो पृथ्वीनारायणका शालिक ढाल्नेहरुपनि अहिले राष्ट्रिय एकता दिवस सार्वजनिक विदा दिई गौरवपूर्ण मनाउनु पर्छ भनिरहेका छन् भने ।

छोटो सम्बोधन गरेका कटवालले भने, ‘पृथ्वीनारायणको इतिहास मेटाउन जतिसुकै प्रयत्न गरेपनि । शालिक जति टुक्रा पारेपनि पृथ्वीनारायणको इतिकास नेपाली मन मष्तिष्कबाट कसैले हटाउन सक्दैन ।’

कटवालले पृथ्वीनारायण समावेशीता र लोकतान्त्रिक पद्दतिका निर्माता भएको समेत बताए । उनले भने, ‘चन्द्र सूर्य रहेसम्म हामी सबै नेपाली एउटै घरभित्र अटाउँछौं । हिमाल, पहाड र तराई मिलेर बनेको मुलुक नै सबै जात जाति, भाषा भाषी र धर्म सम्प्रदायको साझा मूल घर हो ।’

सम्पन्न राष्ट्र रहोस् र स्वतन्त्र नागरिक भएर बाँच्न पाइयोस् भन्ने आम नेपालीको चाहाना हो,–कटवालले भने । पृथ्वी जयन्तीमा सरकारले विदान नदिएकोप्रति आपत्ति जनाउँदै उनले भने, ‘सरकारले हरेक समूह, जात जातिका पर्वमा विदा दिन सक्छ । यो राष्ट्रिय पर्वमा किन विदा दिन सक्दैन ?

सरकार चलाउनेहरु डराइरहेका छन् ।’ एउटा अनपढ पृथ्वीनारायण यति दुरदर्शी, दार्शनिक, अद्यम्य साहश भएको एक योद्धा । तर, अहिले कयौं विज्ञहरु उनको योगदान सामु रित्तै देखिन्छन्, कटवालले भने ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ