arrow

सेनापतिले गरे पृथ्वीनारायण शाहको मूर्तिचित्र अनावरण

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
chandragiris.jpeg
काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पृथ्वीनारायण शाहको मूर्तिचित्र अनावरण गरेका छन् । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापतिले चन्द्रागिरि हिल्स लिमिटेडले निर्माण गरेको मूर्तिचित्र अनावरण गरेका हुन् । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएका थिए ।  
 
सो अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गर्दै विगत सात वर्षदेखिको मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकरी गराए । उनले  २९५ औं जन्मजयन्तीका अवसरमा पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको  चन्द्रागिरि पर्वतमा मूर्तिचित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गरे । ढकालले चन्द्रागिरि हिल्स लिमिटेड सम्पूर्ण पर्यटककहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिए । 
 
चन्द्रागिरि हिल्सका संचालक हेमराज ढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रमा गर्दा सतीदेवीको भाल अर्थात निधार पतन भएर भालेश्वर महादेव उत्पति भएको भन्ने कुरा स्वस्तानी कथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको विचार व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ